नीलकण्ठ नगरपालिकाद्वारा बजेट र नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

Avatar photo
Dhadingpost
असार ७, २०७९

धादिङ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाले आगामी वर्ष ०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज भएको नगर सभामा मेयर भिम प्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रम र उप मेयर दिपक विश्वकर्माले बजेट सार्वजनिक गरेका हुन् ।

देशकै उत्कृष्ट नगरपालिकाहरुको सूचीमा पर्दै आएको नीलकण्ठको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मेयर ढुङ्गानाले तिर्खा मुक्त नगरको अवधारणमा बृहत खानेपानी, सबै वडा सम्म कालो पत्र सडक, एक वडा एक नमुना विद्यालय घोषणा कार्यक्रम, पात्ले गाउँ, बीपी गाउँ र जुरेथुमलाई पर्यटकलाई आकर्षित गर्ने स्थानी साझेदारी कार्यक्रम लगायत उल्लेख गरेका छन् ।

यस्तै नगरसभामा उप मियर विश्वकर्माले १ अरब २२ करोड ९१ लाख २३ हजारको विनियोजित बजेट सार्वजनिक गरेका थिए । बजेटमा आर्थिक विकासतर्फ ८ करोड २६ लाख, सामाजिक विकासतर्फ ५२ करोड ४६ लाख, पूर्वाधार विकासतर्फ ३० करोड ३७ लाख विनियोजन गरिएको छ ।

नीलकण्ठको ०७९/०८० को नीति तथा कार्यक्रमको पूर्णपाठ

नीलकण्ठको ०७९/०८० को बजेटको पूर्णपाठ