आज डम्बर श्रेष्ठ, रवि बोगटी र बिमल घलेको स्मृति दिवस

Avatar photo
Dhadingpost
असार ७, २०७९

धादिङ । आजैका दिन अर्थात २०५९ असार ७ गते जनयुद्धको क्रममा दुई संचारकर्मी र एक कलाकारले सहादत प्राप्त गरेको दिन । जनयुद्धको क्रममा दुई संचारकर्मी धादिङ खाल्टेका डम्बर श्रेष्ठ, रवि नुवाकोटका बोगटी र कलाकार विमल घलेलाई २० वर्ष अघि आजैको दिन तात्कालिन शाही सेनाले हत्या गरेको थियो ।

तीन जनाले सहादत प्राप्त गर्ने गरि २० वर्ष पहिले भएको उक्त धादिङ सत्यदेवी बच्छला घटनाको बारेमा पुर्वजनमुक्ति सेनाका जितेन्द्र तामाङ लेख्छन्, धादिङबेसीबाट उत्तरी धादिङ क्षेत्रमा प्रवेश गर्ने नाकामा एम्बुसको लागि म लगायत केहि साथीहरु लाग्यौं । केही साथीहरु किम्ताङफेदी र म मार्पाक तिर लागे ।

जिल्लाको प्रकाशन आँखु सन्देश पत्रिकाको तयरीमा कमरेड अनन्त र डम्बर लाग्नु भयो । कलाकार टिम बर्सुङ्चेत तिर थिए । हामीलाई झुक्याएर सेनाले मुभ नुवाकोटबाट प्रवेस गरेछ । हाम्रो अनुमान यो टोली धादिङ प्रवेश गर्दैनन् होला भन्ने थियो । LRP (लाङ रेन्ज पट्रोल) जस्तो थिएन SRP (सर्ट रेन्ज पट्रोल) खालको देखिन्थ्यो । त्यसो हुँदा किम्ताङबाट नै फर्कन्छ भन्ने अनुमान भयो ।

कमरेड अनन्त र डम्बरलाई सेनाको मुभ राम्रो जानकारी भएन छ । बिजुली र कम्प्युटरको ब्यवस्था बच्छलामा थियो दुबैजना प्रकाशनको काममा ब्यस्त थिए । वर्षाको समय राति नै सेना स्थानीय सुराकीको माध्यमबाट सत्यदेबी प्रवेश गरेर मकैबारीमा लुकेर बसेर बच्छ्लाको रिपोर्ट लिएर बिहानको ८–९ बाजे तिर सबै तिर सत्यदेबीको बच्छ्ला सबै घेराबन्दी गरेर कमरेड अनन्त र डम्बरलाई प्रकाशनको सामग्री सहित कब्जामा लिएछ ।

त्यसैबेला कलाकार टिम कमाण्डर बिमल काठमाडौंमा चलिरहेको सार्क राष्ट्रहरुको खेलकुद प्रत्यक्ष प्रसारण हेर्न बच्छ्ला बजारमा पुग्नु भएछ । घेराबन्दी गरेको सेना देख्नासाथ उहाँ भाग्न खोज्दा खुट्टामा गोली लागेछ र तातकालिन हत्यारा शाही सेना मुर्दावाद ने क पा (माओवादी) जिन्दावाद भन्दै नारा लगाउनु भएछ । त्यसपछि उहाँलाई पनि नियन्त्रणमा लिएर बर्बरता पुर्वक यातना दिन थालेछ । बिहानको १०–११ बजे तिर खबर प्राप्त भयो ।

गिरफ्तार पछि तिनै जनालाई क्रुर आमनबिय यातना दिदै बच्छला स्कुलमा लगेछ, अत्म समर्पण गर्न र पार्टीको गोपनियता खोल्न भने पनि उहाँ तिनै जनाले मान्नु भएनछ र अन्ततः चरम क्रूर यातना दिएर दिउँसो १२ बजे तिर स्कुल जस्तो ठाउँमा छात्तीमा गोली हानेर हत्या गरेर शवलाई स्कुल पछाडीको जंगलमा घिसर्दै लगेर अलि अलि छोपछाप गरेर छोडेछ । ३ क्रान्तिकारी योद्धा, जनाताको सिपाहीहरुको हत्या पछि नरभक्षी हत्यारा शाही सेनाको जत्था फर्किए पछि हामी पुगेर हँसिया हथौडा अंकित झन्डा ओढाएर विधि पुर्बक ३ योद्धाहरुको अन्तिम बिदाइ गरियो ।