थाक्रेको कार्यपालिका बैठकद्वारा वडालाई बजेट विनियोजन

Avatar photo
Dhadingpost
असार ४, २०७९

धादिङ । धादिङको थाक्रे गाउँकार्य पालिकाको ९० ‌औ वैठकले कुन वडामा कति वजेट पठाउने लगायत १० वटा निर्णयहरु गरेको छ ।

बैठकले वडामा बजेट विनियोजन गर्दा १,२,३ र ७ ले १ करोड ५६ लाख ९५ हजार र वडा नं ४,५,६,८,९,१०र ११ मा १ करोड ४१ लाख ९५ हजार बजेट छुट्याईने निर्णय गरेको छ । हामीले वडालाई वजेट निर्धारण गरेका छौं त्यहि वजेटको सिमामा रहेर वडाहरुले योजना माग र छनोट गर्न सक्ने पालिका अध्यक्ष रामकुमार आचार्यले धादिङपोष्टलाई बताए ।

यस्तै निशुल्क स्वास्थ्य विमा, पालिकामा बस्ने कुनैपनि वैठकमा पालिकाको बजेटमा खाजा नखाने र कर्मचारीले पनि खाजा खर्चको बिल पेस गर्न नपाउने, म रोगीका बिरामीहरुलाइ निशुल्क अक्सिजन सिलिन्डर वितरण गर्ने लगायतका निर्णयहरु बैठकले गरेको छ ।

यी हुन् थाक्रेको ९० औं कार्यपालिकाको निर्णय

  • कार्यपालिका वैठक सम्पन्नपछि बैठकमा भएका निर्णयहरु प्रवक्ताले जानकारी दिने
  • पालिकामा बस्ने कुनैपनि वैठकमा पालिकाको बजेटमा खाजा नखाने र कर्मचारीले पनि खाजा खर्चको बिल पेस गर्न नपाउने
  • पालिकास्तरमा खेलकुद कभड हलको निर्माण गर्ने
  • पालिकामा रिक्त भएका कर्मचारी पदमा स्थाइ कर्मचारी माग गर्ने
  • धुनिवेशि नगरपालिकासँगको सहकार्यमा फोहोर व्यवस्थापन गर्नको लागि गाउँपालिका उपाध्यक्ष यन्त्र वहादुर थापाको संयोजकत्वमा कार्यदल गठन
  • पालिकामा भएका अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा गर्ने
  • दम रोगीका बिरामीहरुलाइ निशुल्क अक्सिजन सिलिन्डर वितरण गर्ने
  • पालिकाको प्रत्येक वडामा बजेट विनियोजन गर्ने जसअनुसार वडा नं १,२,३ र ७ लाइ १ करोड ५६ लाख ९५ हजार र वडा नं ४,५,६,८,९,१०र ११ लाइ १ करोड ४१ लाख ९५ हजार छुट्याउने निर्णय भएको छ ।
  • पालिका अध्यक्ष रामकुमार आचार्यको संयोजकत्वमा विपद् व्यवस्थापन कार्यसमिति गठन
  • पालिकाले भनेको योजना अनुसार काम भएमा मात्र एनजिओ र आइएनजिओलाइ स्विकृती दिने