
धादिङ । बागमती प्रदेश सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट माथि आजबाट छलफल सुरुभएको छ । बजेटबारे आफ्नो धारण राख्दै प्रदेश सांसद जगत सिंखडाले बजेट उत्कृष्ट आएको दावी गरेका छन् ।
बागमती प्रदेश सरकारले अहिले सम्म कै उत्कृष्ट बजेट ल्याएको दावी गदै विगतमामा प्रदेश सरकारले बजेट ल्याउँदा कृषि अनुदान विचौलियाले पाउने गरि ल्याएका थिए । यो बजेटले त्यसको अन्त्य गरि दिएको छ । अब उत्पादनको आधारमा किसानले अनुदान पाउने बजेटको सुन्दर पक्ष भएको उनले दावी गरे ।
प्रदेश सभामा बजेटबारे आफ्नो धारण राख्दै उनले भने कर्मचारी र मजदुरहरुलाई महंगी भत्ता दिईएको छ । विगतका नीति तथा कार्यक्रममा रुबीभ्यादी, रुबीभ्याली भनियो तर बजेटले समेटिएको थिएन यो बजेटले सम्बोधन गरेकोमा प्रदेश सरकारलाई धन्यावाद दिएका छन् ।
भिडियो जस्ताको तस्तै

