
धादिङ । बागमती प्रदेशका स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरु बागमती प्रदेश राजधानी हेटौंडामा सम्मानित भएका छन् । कांग्रेसबाट निर्वाचित भएकालाई कांग्रेस संसदीय दलले र माओवादीबाट निर्वाचत भएकाहरुलाई माओवादी बागमती प्रदेश संसदीय दलले सम्मान गरेका हुन् ।
बागमती प्रदेश संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना सुरुभएको दुईदिने तालिम लिन हेटौंडा पुगेका धादिङ अध्यक्ष र उपाध्यक्षहरुलाई कांग्रेस र माओवादी संसदीय दलले सम्मान गरेको हो ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धादिङमा ७ पालिका प्रमुख, ५ उप प्रमुख र ३६ वडा नेपाली कांग्रेसले जितेको छ भने, ३ पालिका प्रमुख, ५ उप प्रमुख र ३२ वडा माओवादी केन्द्रले २ प्रमुख सहित २१ वडा एमाले र एकीकृत समाजवादीले १ प्रमुख सहित ३ उपाध्यक्ष र ६ वटा वडा जितेको थियो ।
