त्रिपुरासुन्दरी स्थित गणेशस्थानमा युथ क्लवको अध्यक्षमा मनोज चयन

Avatar photo
Dhadingpost
जेष्ठ ३०, २०७९

धादिङ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिकामा सामाजिक सेवा, खेलकूद, शिक्षा, स्वास्थ्य र मनोरञ्जात्मक (क्रियाकलाप) मा सक्रिय योगदान गर्दै आई रहेको गणेशस्थान युथ क्लवको अध्यक्षमा मनोज कडेले चयन भएका छन् ।

स्थानीय जेष्ठ अभिभावक दीनानाथ थपलियाको अध्यक्षतामा भएको क्लवको भेलाले उपाध्यक्षमा रोजन पाण्डे, सचिवमा शंकर पाण्डे, सह सचिवमा सुनिल सिटौला र कोषाध्यक्षमा भगवती बसौंला (थपलिया) लाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा राम प्रसाद थपलिया, एन्जिला शाह (पाण्डे) विशाल खाँड, शंकर कंडेल, सन्दिप श्रेष्ठ, संगीता पाण्डे चयन भएका छन् । क्लवलाई पारदर्शी बनाउन, युवा सक्रियाता र युवाको चाहना समाजको आवश्यकता अनुरुप क्लवलाई अगाडी बढाउन कार्यसमिति पुनरगठन गरिएको सुवास थपलियाले धादिङपोष्टलाई बताए ।

x