
धादिङ । नीलकण्ठ नगरपालिका १० स्थित स्थानपति माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरु जमघट हुँदै विद्यालय सुधारका गतिविधि गर्ने भएका छन् ।
पूर्व विद्यार्थी समाजको शनिबार काठमाडौंमा बसेको तेस्रो बैठकले पनि समाजको दर्ता, बिद्यालयमा सुचना, प्रबिधी, कम्प्युटर ल्याब र फर्निचर सहयोगको विषयमा छलफल गरेको थियो ।
वैठकमा अध्यक्ष सविन ढकाल, बरिस्ठ उपाध्यक्ष शंकर ईटनी, सह-सचिव नवराज उपाध्याय, सह-कोषाध्यक्ष माधब बुर्लाकोटी र सदस्यहरु सन्देश उप्रेती, मुक्तीनाथ ईटनी, बद्री धरेल उपस्थित थिए ।
