निर्माण सामाग्री व्यवसाय संघ धादिङको अध्यक्षमा नविनकुमार श्रेष्ठ चयन

Avatar photo
Dhadingpost
जेष्ठ २८, २०७९

धादिङ । निर्माण सामाग्री व्यवसाय संघ धादिङको अध्यक्षमा नविनकुमार श्रेष्ठ चयन भएका छन् । आज सम्पन्न अधिवेशनले श्रेष्ठ अध्यक्ष रहने गरी ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा अर्जुन रुपाखेती, सचिवमा रोहित भण्डारी, कोषाध्यक्षमा सन्तोष गिरी, सदस्यहरुमा किरणलाल श्रेष्ठ, सीताराम अर्याल, ध्रुव रुपाखेती, रमेश ढकाल र तिलक ढुङ्गानालाई चयन गरेको छ ।

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलियाको प्रमुख अतिथ्यतामा भएको उक्त अधिवेशन धादिङबेसी स्थित क्रिक रिसोर्टमा सम्पन्न भएको थियो ।