धुनिबेसी स्थित गुड् स्टार्ट स्कुलमा निर्वाचनबाट नेतृत्व चयन

Avatar photo
Dhadingpost
जेष्ठ २८, २०७९

धादिङ । धादिङको धुनिबेशी ६ स्थित गुड् स्टार्ट इङलिस स्कुलमा निर्वाचन प्रक्रियाद्दारा विद्यार्थी नेतृत्व चयन भएको छ ।

पछिल्लो समय विद्यार्थीहरुको निर्वाचन र राजनैतिक क्षेत्रमा चासो र जिज्ञासा बढ्दै गएको र विद्यार्थीलाई निर्वाचन प्रक्रिया बारे बुझाउन सजिलो हुने भएकाले विद्यालय मतदान प्रक्रिया संचालन गरि नेतृत्व चनिएको हो ।

शुक्रवार विद्यालय प्राङ्गणमा सम्पन्न निर्वाचनमा
स्कुल क्याप्टेन तर्फ कक्षा ९ बाट सुजल श्रेष्ठ र स्कुल भाइस क्याप्टेन तर्फ कक्षा बाटै एलिसा अर्याल निर्वाचित भएका छन् । त्यस्तै सम्पुर्ण सदनका क्याप्टेन र भाइस क्याप्टेन पनि निर्वाचन प्रक्रिया बाटै चुनिएका छन् ।

यस किसिमको कार्यक्रम विद्यालयमा संचालन हुँदा विद्यार्थीहरु निकै उत्साहित छन् र यस्ता कार्यले भविष्यमा युवाहरू नेतृत्वको लागि अग्रसर हुने युवाहरु राष्ट्रिय नेतृत्वप्रति अग्रसर र सजक हुने शिक्षक दिपेन्द्र रेग्मी बताउँछन् ।