
क्यालिफोर्निया । पटक पटकको प्रयास पछि डिभी लोटरीमा सफल हुँदै अमेरिकाको सान्तारोजा, क्यालिफोर्निया पुगेका धादिङ नीलकण्ठ नगरपालिका ससाहका शंकर परियारले आत्महत्या गरेको गैर आवासिय नेपाली संघले जनाएको छ ।
४ पटक सम्म डिभी नपर्दा पनि कति पनि विचलित नभएका शंकरलाई पाचौं पटकमा सफलभएका थिए, सन् २०२० मा डिभी लोटरीको माध्यमवाट २०२१ अक्टोवर ७ मा अमेरिका आईपुगेका थिए ।
अमेरिका पुगेको ८ मनिा नपुग्दै उनले यही मे ३१,२०२२ मंगलवारको दिन आफू बसेकै घरको किचनमा झुन्डिएर मृत आत्महत्या गरेको एनआरएनले जनाएको हो ।
अमेरिकामा बस्दै आउनु भएका नेपालीहरु मृत शंकर परियारको अन्तेस्टीमा जुटेका छन् । गरिव, दलित परिवार भएकै कारण परिवारले नेपाल लगि अन्तेस्टी गर्न सक्ने अवस्था नभएको कारण परिवारको अनुरोधमा एनआरएन, अमेरिका क्यालिफोर्निया च्याप्टरले नेपलिज अमेरिकन परियार एसोशियसन (NAPA) को सहकार्यमा यस Fundraising अभियान सुरु गरेको जनाएको छ ।
