
धादिङ । धादिङबेसी सदरमुकाममा केहि महिना देखि ओहोर दोहोर गरि रहने वेवारिसे महिलालाई आज सुधारगृह पठाईएको छ ।
नीलकण्ठ नगरपालिका ३ र जिल्ला प्रहरी कार्यालय धादिङद्धारा मिना नाम भएकी ति महिलालाई उद्दार गरी तुलसादेवी हरीहर फाउन्डेशन आश्रममा बसोबास र हेरचाहको व्यवस्था गर्नेको लागि संस्थाका अध्यक्ष सरु सुवेदीलाई जिम्मा लगाई भैसेपाटी ललितपुरमा पठाईएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
