
धादिङ । नेकपा (माओवादी केन्द्र) धादिङ र वाईसीएल नीलकण्ठले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै नीलकण्ठ नगर कमिटी सदस्य एवं योङ कम्युनिष्ट लिग नेपाल नीलकण्ठ नगरपालिका वडा नं। ५ को अध्यक्ष हरि कुमार श्रेष्ठ माथि भएको आक्रमणको भत्सर्ना गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ, नीलकण्ठ नगरप्रमुख भिम प्रसाद ढुङ्गानाको सुरक्षा गार्ड दिनेश थापा मगरले एक्कासी धारिलो हतियार प्रयोग गरेर कार्यकर्ता श्रेष्ठलाई आक्रमण गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र० जिल्ला समन्वय समिति, धादिङ खेद प्रकट गर्दछ ।
विज्ञप्ती मार्फत घटनामा संलग्न नीज दिनेश थापा मगरलाई कानुनी कारबाहीको दायरामा ल्याउन सुरक्षा निकायसँग माग गरेको छ ।
विज्ञप्ती जस्ताको तस्तैः


