धादिङका वाईसीएल नेता हरि श्रेष्ठ माथि आक्रमण, थप उपचारको लागि काठमाडौं लगियो

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७९

धादिङ । नेपाली कांग्रेसका कार्यकर्ता दिनेश थापामगरले धारिलो हतियोर प्रयोग गरि आफ्नो कार्यकर्ता हरि श्रेष्ठलाई गम्भिर घाईते बनाएको माओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारी (शैलेस) ले बताएका छन् ।

वाइसीएल नीलकण्ठका सदस्य एवम् नीलकलण्ठ ५ का वाईसीएल इन्चार्ज समेत रहेका घाईते श्रेष्ठको भनाई उदृढ गर्दै अध्यक्ष भण्डारीले भने अफिसमा आफ्नो काम गरि रहेको बेला नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको सचिवालयमा काम गर्ने दिनेश थापामगरले आक्रमण गरे हुन् ।

घाईते श्रेष्ठको टाउकोमा चोट लागेकोले जिल्ला अस्पतालमा सामान्य उपचार गरि थप उपचारको लागि काठमाडौं पठाईएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।