
धादिङ । धादिङबेसी पुछारबजार स्थित एड्भान्स एकेडेमीमा मंगलबार विविध बालक्लब, रेडक्रस सर्कल, सदनहरू, कक्षाहरू तथा समग्र विद्यालयको लागि नेतृत्व चयन गरिएको गरिएको विद्यालयले जनाएको छ ।
यसअन्तर्गत स्कुल प्रिफेक्ट, स्कुल भाइस प्रिफेक्ट, जुनियर प्रिफेक्ट, जुनियर प्रिफेक्ट (प्राइमरी) र प्रि(स्कुल प्रिफेक्ट गरी पाँचजना विद्यार्थीहरूलाई नयाँ शैक्षिक सत्र २०७९ को लागि नेतृत्व चयन गरिएको थियो ।
साथै हरेक वर्ष विद्यालयमा गठन हुने युवा रेडक्रस सर्कल, एक्शन एण्ड क्रियशन कमिटि अफ एड्भान्स (एक्का ( बालक्लब) र साइन्स क्लबको पनि शैक्षिक सत्र २०७९ को लागि नयाँ कार्यसमिति गठन गरिएको थियो ।
कार्यक्रमबिच विद्यालयमा रहेका चारवटा सदनहरूको नेतृत्वका लागि चार जना हाउस प्रिफेक्टहरू, भाइस प्रिफेक्टहरू, सेक्रेटरीहरू र सदस्यहरू पनि मनोनित गरिएको थियो ।
