
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ९ मा रहेको पाल्पा सामरीभञ्ज्याङ माध्यामिक विद्यालयका किशोरी छात्रा विद्यार्थीहरुलाई नगरपालिकाको आर्थिक सहयोगमा सेनेटरी प्याड बनाउने तालिम दिईएको छ ।
प्रधानाध्यापक नरहरि लम्सालका अनुसार शनिबार र आईतबार दुई दिन सम्म दिईएको उक्त तालिममा कक्षा ६ देखि १० सम्मका किशोरी अवस्थाका छात्राहरु सहभागी थिए । तालिम प्रभावकारी रहेको सहभागी विद्यार्थीहरुले बताएका छन् ।
हामीले प्याड सिलाउन मात्रै हैन, महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरु, कसरी स्वस्थ तरिकाले प्रयोग गर्नुपर्छ भन्ने समेत सिकेको तालिम पछि एक छात्राले बताईन् । यस विद्यालयमा अहिले २२० जना विद्यार्थीहरु अध्ययनरत छन् ।
