
धादिङ । धादिङबेँसी स्थित एड्भान्स एकेडेमीका विद्यार्थीले विविध कार्यक्रमका साथ विश्व वातावरण दिवसको मनाएका छन् ।
कक्षा एक र दुईका विद्यार्थीहरूले आफ्नो वरपरको वातावरण र आफ्नो व्यक्तिगत सरसफाईका लागि विविध गतिविधि गराइएको थियो । त्यसैगरी कक्षा तीन देखि पाँच सम्मका विद्यार्थीहरूका लागि वातावरण सम्बन्धि चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो भने कक्षा छ देखि आठ सम्मका विद्यार्थीहरू भने विद्यालय वरिपरि सरसफाई तथा बगैँचा निर्माण गर्ने क्रियाकलापमा सहभागि भएका थिए ।
हरेक वर्ष जुन ५ मा मनाउँदै आइरहेको विश्व वातावरण दिवसको अवसरमा विद्यार्थीहरूलाई आफू बस्ने वातावरलाई सफा र स्वच्छ राख्नुको महत्व बुझाउने हेतुले विद्यालयमा यस्ता गतिबिधिहरूको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल भिम श्रेष्ठले धादिङपोष्टलाई बताए ।
विश्व वातावरण दिवस २०२२ को लागि नारा एक मात्र पृथ्वी रहेको छ भने यस वर्षको दिवसीय कार्यक्रम स्वीडेनले आयोजना गरेको छ । यस दिवस सन् १९७४ देखि हरेक वर्ष फरक फरक देशले फरक फरक विषयवस्तु र नाराका साथ वातावरण संरक्षण गर्ने उद्देश्यले विविध गतिविधि सञ्चालन गरी मनाउने गरिएको छ ।
