ट्रकको ठक्करबाट नीलकण्ठ ५ का कमल श्रेष्ठ मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७९

धादिङ । धादिङको थाक्रे गाउँपालिका–१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिंदा अटो चालक नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे घर भई बेलकोटगढी बस्ने कमल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार विहान काठमाण्डौंबाट गजुरी तर्फ आउँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिंदा अटो चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।