
धादिङ । गल्छी गाउँपालिका स्थित गल्छी बैरेनीमा रहेको द राइजिङ भिलेजले नयाँ शैक्षिक सत्र सुरुभए सँगै अतिरिक्त क्रियाकलापलाई जोड दिन क्याप्टेन छान्न चुनाव गराएको छ ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत स्कुल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन, भाइस क्याप्टेनहरु छनोटको लागि कक्षा ४(१० सम्म २९० मतदाता विद्यार्थीले मतदान गरेको शिक्षक लक्ष्मण न्यौपानेले धादिङपोष्टलाई बताए ।
शिक्षक न्यौपानेका अनुसार स्कुल क्याप्टेनमा छात्रतर्फ विशाल तामाङ १३६ मत, छात्रातर्फ हिमा श्रेष्ठ १७३ मत, स्कुल भाइस क्याप्टेन छात्रतर्फ सविन थापा मगर १२७ मत, छात्रा तर्फ एलिना राई १५९ मत, प्राप्त गरि विजय भए ।
यस्तै रेड हाउस क्याप्टेन रोहित नेपाल र सिम्रिका नेपाल, एल्लो हाउस क्याप्टेन सरोज तामाङ र रोशिला पोख्रेल, ग्रिन हाउस क्याप्टेनमा सागर गिरि र सुजता पौडेल, ब्लु हाउस क्याप्टेनमा अभियान नेपाल र नम्रता नेपाल विजयी भएका छन् ।



