
धादिङ । राप्रपाको वरिष्ठ उपाध्यक्ष एवम् पुर्व गृहमन्त्री बुद्धिमान तामाङको गाउँ रुबीभ्याली गाउँपालिकामा राप्रपाको विरासद ढलेको छ । तथापी बुद्धिमानले आफु मतदाता भएको वडा नम्बर ४ भने गठबन्धनबाट खोसेका छन् । वर्षौदेखि रुबीभ्याली कायम रहँदै आएको राप्रपाको विरासदलाई यो पटक गठबन्धनले ढालिदिएको हो ।
०७४ मा पालिका प्रमुख र उपप्रमुख सहित ३ वडा, एमालेले २ वटा र माओवादीले १ वटा वडा जितेका थिए । यो पटक कांग्रेस एमाले र एकीकृत समाजवादी मिलेर राप्रपालाई एउटामा मात्रै सिमित गरिदिए । राप्रपको विरासद भत्किए सँगै गठबन्धनको तर्फबाट यो पटक माओवादी केन्द्रका रामसिंङ तामाङ अध्यक्ष बनेका छन् भने, उपाध्यक्षमा कांग्रेसका फेलामा तामाङ निर्वाचित भएका छन् ।
- नीलकण्ठको मेयरमा कांग्रेसका ढुङ्गाना र उपमेयरमा माओवादीका विश्वकर्मा विजयी
- धादिङमा मतगणना सकियो कस्ले कहाँ जिते ? (सूचि सहित)
- धादिङमा जेष्ठ उमेरका उम्मेदवारहरु पराजित
- धादिङमा मतगणना सकियो कस्ले कहाँ जिते ? (सूचि सहित)
- बेनीघाट रोराङमा माओवादीलाई बहुमत, एसलाई उपाध्यक्ष मात्रै
- धादिङका कान्छा उम्मेदवारहरु, जो विजयी हुन सकेनन्
- नीलकण्ठमा कांग्रेस बहुमत, माओवादी स्थिर, एमालेको हार, एस शुन्य
- धादिङमा कम मतान्तरले जित्ने वडाध्यक्षहरु
- बेनीघाट रोराङ ७ मा एमाले-कांग्रेसका उम्मेदवारको जमानत जफत
- धादिङमा पहिलोबाट तेस्रोमा झर्यो एमाले
जितका लागि राम सिंह तामाङले २७९२ मत ल्याएका थिए भने उनको प्रतिद्वन्दी गोम्बा घलेले २५९७ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार फेलामा तामाङले दुई हजार ९ सय ३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धि राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार एक सय ३२ मत प्राप्त गरे ।
विजयी वडा अध्यक्षहरु
१. पम्वार तामाङ, नेपाली कांग्रेस
२. रुप्पा घले, नेकपा एकीकृत समाजवादी
३. फेदोर्जे तामाङ, जासपा
४. प्रशान्त तामाङ, राप्रपा
५. रम्ब तामाङ, नेपाली कांग्रेस
६. समीर गुरुङ, नेकपा एकीकृत समाजवादी
