ज्वालामुखीको अध्यक्षमा कांग्रेसका यमनाथ दनै विजयी

Avatar photo
Dhadingpost
जेष्ठ ३, २०७९

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार यमनाथ दनै विजयी भएका छन् । ८०३४ मत ल्याउँदै अध्यक्षमा विजयी बनेका दनैको निकटतम प्रतिद्वन्दी हरि राम लोहनीले ५४९९ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धर्म बहादुर अर्याल विजयी बने । ६४४५ मत ल्याउँदै विजयी बनेका हुन्, उनको निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार चन्द्र कुमारी अधिकारीले ४७७१ मत ल्याएकी थिईन् ।

विजयी वडा अध्यक्षहरु
ज्वालामुखी १ कृष्‍ण गिरी, एमाले
ज्वालामुखी २ राजु लोप्पा, कांग्रेस
ज्वालामुखी ३ उमेश श्रेष्‍ठ, कांग्रेस
ज्वालामुखी ४ कृष्ण बहादुर गुरुङ्ग स्वतन्त्र
ज्वालामुखी ५ टंक प्रसाद काप्री, कांग्रेस
ज्वालामुखी ६ किशोर सेढाई, कांग्रेस
ज्वालामुखी ७ ज्ञानेन्‍द्र प्रसाद खकुराल, कांग्रेस