धादिङमा २० वडाको नतिजामा ७ माओवादीको जित

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७९

धादिङ । नेकपा माओवादी केन्द्र धादिङले हाल सम्म ७ वटा वडामा विजय हासिल गरि सकेको छ । २० वटा वडाहरुको नतिजा आउँदा माओवादी केन्द्रले ७ वटा वडामा जियी हासिल गरेको हो ।

१०४ वटा वडा रहेको धादिङ अहिले सम्म २० वटाको नतिजा आउँदा माओवादी केन्द्रले ७, नेपाली कांग्रेसले ५, नेकपा एमालेले ५, राप्रपाले २ र एकीकृत समाजवादीले १ वटा वडा जितेका छन् ।

यी हुन् माअ‍ोवादीले विजय हासिल गरेका ७ वडा

  • नीलकण्ठ १ मा गणेशबहादुर गुरुङ विजयी
  • धुनीबेसी १ मा मानबहादुर तामाङ विजयी
  • गंगाजमुना १ मा बहादुर सिङ लामा विजयी
  • बेनिघाट रोराङ २ मा हेमराज भुजेल विजयी
  • गल्छी ३ राजन भुजेल विजयी
  • गजुरी १ मा तारा भण्डारी विजयी
  • सिद्धलेक १ मा पेमा लामा विजयी