
धादिङ । धादिङका विभिन्न ठाउँहरुमा भएका अपराध जन्य घटनाहरुको विषयमा आज धादिङका सत्ता गठबन्धनका दलहरुले बैठक बसेर घटनाको खेद र निन्दा गरेका छन् । बैठक पछि कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका संयोजक मनराज भण्डारी र एकीकृत समाजवादीका शिवनीधि खनालले हस्ताक्षरित विज्ञप्ती जारी गरेका छन् ।
जारी विज्ञप्तीमा भनिएको छ, निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा केहि अघि देखि र सुरु भैसकेपछि जिल्लाका विभिन्न स्थानमा भएका केहि घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
त्रिपुरासुन्दरी १ डाँडागाउँमा बैशाख २७ गते राती नोपाली कांग्रसका वडा सभापति वडा अध्यक्षका उम्मेदवार भीम प्रसाद भट्टको घरमा एमालेले घटाएको घटना, बैशाख २८ गते सिद्धलेक १ मा एमालेका प्रम सिलवालको समुहले कांग्रेस कार्यकर्तालाई धम्की दिएको, बैशाख २८ गते नीलकण्ठ नगरपालिका ६ देउरालीछापमा माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेस कार्यकर्ता माथि गरेको आक्रमण प्रति हामी खेद निदा व्यक्त गर्दछौं ।

