
धादिङबेसी । सत्ता गठबन्धनले आज धादिङबेसीमा संयुक्त घर दैलो गर्ने भएको छ । नीलकण्ठ नगरपलिका अन्तरगत पर्ने सदरमुकाममा आज हुने गठबन्धनको संयुक्त घर दैलो कार्यक्रममा जिल्ला स्तरीय नेताहरुको समेत सहभागि हुने बताईएको छ ।
नीलकण्ठमा गठबन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसले मेयर पदमा भिम प्रसाद ढुङ्गाना र माओवादी केन्द्रले उपमेयर पदमा दिपक विश्वकर्मालाई उठाएका छन् । माओवादी केन्द्र नीलकण्ठ नगर समितिका अनुसार, धादिङबेसीमा संयुक्त घर दैलो आज दिउँसो १ बजेबाट सुरु हुने छ ।
धादिङपोष्टलाई प्राप्त जानकारी अनुसार उम्मेदवारहरु सहित कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारी, निवर्तमान सभापति रमेश धमला, माओवादी केन्द्रका शालिकराम जमकट्टेल, जिल्ला संयोजक मनराज भण्डारी लगायतका नेताहरु आज धादिङबेसीमा हुने घरदैलोमा सहभागि छन् ।





