धादिङका टोल टोलमा मतदाता भेटघाट गर्दै एमाले

Avatar photo
Dhadingpost
बैशाख २३, २०७९

धादिङ । नेकपाएमालेले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम संचालन गरिरहेको छ । आज धादिङको १३ पालिकाका सबै टोल र वडाहरुमा घरदैलो तथा मतदाता भेटघाट भएको एमाले धादिङको प्रचार बुलेटिन सौर्य इबुलेटिनले उल्लेख गरेको छ ।

बुलेटिन सौर्य इबुलेटिनलले जनाए अनुसार आन धादिङमा भएको एमालेको चुनावी गतिविधिहरु यस्ता छन्-
नेकपा एमालेले मतदाता भेटघाट गर्दा उनिहरुको समस्या समेत संकलन गर्ने र आफूले विजय हासिल गरेपछि मतदाताको गुनासोलाइ योजनामा समाबेश गरेर काम गर्ने प्रतिवद्धताहरु समेत जनाइरहेका छन् ।

धुनिबेसी नगरपालिकाको वडा नम्बर ४ मा मेयरका प्रत्यासी रामराजा पाण्डे, उपमेयर प्रत्यासी मन्दीरा श्रेष्ठ, लगायतका कार्यकर्ताहरुको सहभागितामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम भएको छ । सामाजिक सुरक्षा कार्याक्रम, व्यवस्थीयत योजना सहित कार्यक्रम गर्न मतदाताहरुले गाउँ गाउँबाट शुभकामना सहितको आशिर्वाद छन् ।

गजुरी गाउँपालिका वडा नम्बर ५ को पिडा छापगाउँ, वडा नम्बर १ को हमालगाउँ, रातमाटे, उप्रेतीगाउँ, नयाँबारी लगायतका क्षेत्रमा मतदाता भेटघाट भएको छ । यसैगरि वडा नम्बर ६ को भदौरेमा घरदैलो संचालन गरिएको छ । निलकण्ठ नगरपालिकाको रिजाल थोक, खानी गाउँ लगायतका स्थानहरुमा घरदैलो गरिएको छ । निलकण्ठ नगरपालिका मेयरका प्रत्यासी गंगादेबि श्रेष्ठ, वडा अध्यक्ष हरी श्रेष्ठ लगायतको सहभागिता रहेको मतदाता भेटघाटमा मतदाताहरुले सडक, कृषिमा लगानी बढाउनु पर्ने, बजार व्यवस्थापन गर्नुपर्ने जस्ता विषयहरु स्थानीयहरुले उठाएका थिए ।

नेकप एमालेका उम्मेदवारहरु घरघर पुगेर मतदाताहरुलाई भेट गरेका थिए । काम गरिरहेको खेतबारी पुग्ने, आफूले जितेमा जनपेक्षा अनुरुप विकासको काम गर्ने प्रतिवद्धताहरु समेत व्यक्त गर्ने गरेका छन् ।