रुबीभ्यालीमा राप्रपा नेता कार्यकर्ता घर दैलोमा निस्किए

Avatar photo
Dhadingpost
बैशाख २३, २०७९

धादिङ । आफ्नो विगतको जितलाई यो पटक पनि कायम राख्ने मुल उद्धेश्यका साथ धादिङको रुबीभ्यालीमा राप्रपाले घरदैलो अभियान सुरु गरेको छिमी मम्बाले बताईन् ।

विगत बस्तीहरुमा घरदैलो गर्न सहर बजारमा जस्तो सहज छैन र भोट हाल्न मतदाता शिक्षा सबैभन्दा बढी ग्रमिण भुभागमै हुँदा राप्रपा कार्यकर्ताहरु अहिले भोट हाल्न सिकाउन कै लागि घर दैलो अभियानमा निस्किएको उनी बताउँछिन् ।

यो पटक विगतको जस्तो राप्रपालाई जितको लागि सहज छैन, सबै दलहरु मिलेर राप्रपा विरुद्ध उठेका छन् तथापी राप्रपालाई रुबीभ्यालीमा हराउन सहज नभएको गठबन्धनका नेताहरुले नै बताउने गरेका छन् ।

पूर्व गृहमन्त्री बुद्धिमान तामाङको जन्मभुमिका रुपमा चिनिने रुबीभ्यालीमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्न भनेर बूद्धिमान तामाङ कै योजनामा केन्द्रिय सदस्य भै सकेका गोम्बा घलेलाई राप्रपाले पालिका अध्यक्षमा उठाएको बताईन्छ ।