
लण्डन । धादिङबाट बेल्जियम गई व्यवसाय गर्दै आएका काशी दनै पुरस्कृत भएका छन् । “सुशी किङ्ग ग्रुप” कम्पनी संचालन गर्दै गरि यसै कम्पनी मार्फत व्यवसाय गर्दै आएकादनैलाई बेल्जियमको प्रसिद्ध बिजनेस म्यगाजिन ट्रेन्डले सम्मान गरेको हो ।
छिटोछरितो र पारदर्शी बिक्रीदर कायम गरेको कम्पनीको सूचिको मनोनयनमा परेको दाहाल र दनैको कम्पनी ट्रेन्ड अवार्डमा बेल्जियम भरिका कम्पनीमा ४२ औ स्थानमा पर्न सफल भएको छ ।
सो कम्पनी एन्तवेरपेन प्रदेशका कम्पनीहरुद्वारा संचालित सफल रेस्टुुरेन्टहरुको वर्गिकरणमा दोश्रो स्थानमा परेको हो । सुशी किङ्गले बिगत पाँच वर्षमा परेको व्यवसायको प्रगति र र कारोबारको मुल्यांकन गरेर मनोनयन गरिएको ट्रेन्डले जनाएको छ ।
बेल्जियम सरकारको रेकर्डमा राम्रो कर भुक्तानी गर्ने, धेरै कामदारलाई रोजगारी दिने कम्पनीहरुलाई सो जर्नलले पुरस्कृत गर्दै आएको छ । सन् १९७५ मा स्थापना भएर विश्वसनीय व्यापारिक र आर्थिक समाचार पस्कदै आएको ट्रेन्ड बेल्जियमको व्यवसायिक समूहमा चर्चित रहेको छ ।
