माओवादी नेता सुरप्रतापको स्टाटस, नीलकण्ठमा जंगबहादुरहरुलाई हराउन भुईकटहरमा मतदान

Avatar photo
Dhadingpost
बैशाख २१, २०७९

धादिङ । धादिङको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर पदमा कांग्रेसका भिम प्रसाद ढुङ्गाना र उप मेयरमा माओवादी केन्द्रका दिपक विश्वकर्मा छन् ।

उम्मेदवार ढुङ्गाना र विश्वकर्मा संयुक्त रुपमा भोट माग्दै जनताको घर दैलोमा पुगिरहेका छन् । यसै बीच माओवादी धादिङका नेता दिपक बस्नेत (सुरप्रताप) ले निलकण्ठ मेयरमा जंगबहादुरलाई हराउन भुईकटहरमा मतदान गर्नुपर्ने बताएका छन् ।

जनयुद्धकालिन माओवादी कार्यकर्ता सुरप्रताप, जनमुक्त सेना हुँदै सेना समायोजन मार्फत नेपाली सेनाबाट अवकाश भएर सँगै अहिले माओवादी केन्द्र ज्वालमुखी गाउँपालिकाको अध्यक्ष छन् । माओवादी बृतमा राम्रो क्षवि बनाएका सुरप्रतापले आफ्नो फेसबुकमा भुइँकटर चिन्हमा मतदान गरि जंगबहादुरहरूलाई परास्त गर्न आव्हान गरेका हुन् ।

यस विषयमा हामीले तपाई गठबन्धनको नेता हुनुहुन्छ गठबन्धनको साझा उम्मेदवारको विरुद्धका स्टाटस लेख्नु भएछ नि भन्ने प्रश्न गर्दा भिम ढुङ्गाना तपाईहरुको प्यारो मान्छे हुन् तपाईहरु समाचार लेख्नुन मेरो स्टाटसमा के को आपत्ती भन्ने प्रतिक्रिया दिए ।

माओवादी केन्द्र ज्वालमुखीको अध्यक्ष रहेका सुरप्रतापले ज्वालामुखीका आफ्नै उम्मेदवारहरुको प्रचार प्रसारमा समेत सहयोग नगरेको आरोप स्थानीय कार्यकर्ताहरुले लगाएका छन् । ज्वालामुखीमा अहिलेको चुनाव पेचिलो बनेको छ । कांग्रेस र एकीकृत समाजवादी मिलेका छन् । आफ्नो गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवारहरुको प्रचार गर्न छाडेर फेसबुकमा नीलकण्ठको मेयरमा भुईकटहरलाई भोट माग्न व्यस्त रहेको कार्यकर्ताहरु बताउँछन् ।