
धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाकाको मेयर पदमा फेरि उम्मेदवार बनेका नि वर्तमान मेयर भिमप्रसाद ढुङ्गाना यतिबेला भोटमाग्न जनताको घरदैलो गरि रहेका छन् ।
सोमाबार नीलकण्ठ १० र ११ पुगेका उनी मंगलबार नीलकण्ठ १४ मा भोट माग्न र मतपत्रमा छाप लगाउन सकिकाउँदै जनताकाको घर दैलोमा पुगे । उनले नीलकण्ठमा राम्रा कामहरुको सुरुवात भएको र अब ति कामहरु पूरा गर्न फेरि ५ वर्षको लागि आफू र आफ्नो गठबन्धनका उम्मेदवारलाई जिताउ आग्रह गरेका छन् ।
स्थानीय तह निर्वाचन २०७४ मा अत्याधिक मतका साथ विजयी हुँदै देशभरको नगरपालिका मध्ये नीलकण्ठ नगरपालिकालाई उत्कृष्ट बनाउन सफल भिम प्रसाद ढुङ्गाना विकास प्रेमी नेताको रुपमा चिनिन भएको छ ।
०७४ सालको चुनावमा ढुङ्गानाले अत्याधिक १३ हजार १६६ मत ल्याएर विजयी भएका थिए । उनी निर्वाचित भए सँगै नियमित वजेट भन्दा बाहिरबाट अरबौं बजेट नीलकण्ठ नगरपालिकामा ल्याउन सफल भएका थिए ।
सडक, खानेपानी, भौतिक संरचना निर्माण, कृषि, खेलकुदको क्षेत्रमा उल्लेख्य कामको सूरुवात भएका छन् । खानेपानी, चक्रपथ निर्माण, बजारको सडक पिच, सडकपेटी निर्माण, वडा कार्यालय सम्म ग्राबेल लगायतको आफ्नो कार्यकालमा महत्वपुर्ण कामको थालनी भएको बताउँदै अबको कार्यकालको जिम्म पनि आफैलाई दिन जनता सँग ढुङ्गानाले अपिल गरेका छन् ।
