
धादिङ । धादिङमा सत्ता गठबन्धनका दलहरुले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा सम्म नै साझा उम्मेदवार बनाउने निर्णय गरेका छन् ।
धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा वडा तह सम्म नै सहमती गरेपनि निर्वाचन क्षेत्र नम्बर २ मा भने सहमति हुन बाँकी वडाहरुमा आपसी छालफल र सहकार्यबाट वडा अध्यक्ष र वडा सदस्य पदमा गठबन्धनको भावना अनुरुप सहमति गर्ने निर्णय गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत
धुनीबेसीमा कांग्रेसले उप-मेयर सहित ३,७ र ९ वडा, माओवादीले, १,५,६ र ८ वडा, एकीकृत समाजवादीले मेयर सहित २ र ४ वडा लिने गरि सहमति गरेका छन् ।
थाक्रेमा कांग्रेसले पालिका अध्यक्ष सहित १,३ र ११ वडा, माओवादीले उपाध्यक्ष सहित २,५,६ र ९वडा, एकीकृत समाजवादीले ४,४,८ र १० वडा लिने ।
गल्छीमा कांग्रेसले उपाध्यक्ष सहित १, ३ र ११ वडा लिने, माओवादीले ३ र ५ वडा, एकीकृत समाजवादीले पालिका प्रमुख सहित १ र २ वडा लिने
गजुरीमा अध्यक्ष र उपाध्यक्षको हकमा बैशाख ११ गते बागमती प्रदेश तथा जिल्ला संयन्त्रले गरेको निर्णय कार्यान्वयन गर्ने । वडा अध्यक्ष र सदस्यहरुको हकमा स्थानीय स्तरमा गठबन्धनलाई आवश्यकताको आधारमा निर्णय गर्न जिम्म दिने निर्णय गरेको छ ।
बेनीघाट रोराङमा माओवादीले पालिका अध्यक्ष सहित २,६,७,८ र ९ वडा, समाजवादीले उपाध्यक्ष सहित वडा नम्बर ४ र कांग्रेसले १, ३, ५ र १०वडा लिने ।
सिद्धलेकमा कांग्रेसले पालिका अध्यक्ष सहित २, ३, ६ र ७ लिने एकीकृत समाजवादीले पालिका उपाध्यक्ष सहित वडा नम्बर ४ लिन र माओवादी केन्द्रले १ र ५ लिने सहमति गरेका छन् ।
यस्तो छ सहमति पछिको संयुक्त विज्ञप्ती

