
धादिङ । नेकपा एमाले थाक्रेको टिकट विवादले उग्ररुप लिँदा जिल्ला सचिवालय सदस्य समेत रहेका गोकर्ण रुपाखेतीले गाउँपालिका अध्यक्षको पदमा स्वतन्त्र उम्मेदवारी दिएपछि विवाद छताछुल्ल भएको थियो ।
अहमता र दम्भको विरुद्ध आफ्नो उम्मेदवारी रहेको र आफूले चुनाव जितेर देखाई दिने बताउँदै आएका गोकर्ण रुपाखेती अन्नत पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर स्वतन्त्र उम्मेदवारबाट ब्याक भई एमालेका आधिकारीक उम्मेदवार रामकुमार आचार्यलाई सघाउन सहमत भएका छन् ।
अध्यक्ष ओली कमरेडले गल्ती समिक्षा गरौंला, अहिले विवाद नगरौं, एमालेले हार्न हुन्न । जित्ने पक्का रहेको पालिकामा विवाद हुँदा विपक्षीहरु ताली बजाई रहेका छन् । विवाद हुँदा जितिदैन मिल्नोस् भनेपछि आचार्यलाई नै जिताएर जान आफूले सघाउने निस्कर्षमा पुगेको, गोकर्ण रुपाखेतीले धादिङपोष्टलाई बताए ।
नेकपा एमाले थाक्रेमा उत्पन्न आन्तरिक समस्या समाधान गर्न जिल्ला अध्यक्ष भुमि त्रिपाठी र पार्टी जिल्ला संस्थापक नेता जगन्नाथ नेपाल, कृष्ण पन्त, गोकण रुपाखेती र रामकुमार आचार्य लगायतका नेताहरुलाई सोमबार ओलीले निजि निवास बोलाएका थिए ।
