
धादिङ । नेकपा एमालेले नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११ मा आज घर दैलो कार्यक्रम संचालन गरेको छ । साविक ज्यामरुङ गाविसमा पर्ने सो क्षेत्रका नागरिकहरुले एमालेलेबाट योजनावद्ध विकास र गाउँका मानिसका लागि खानेपानी, सडक, लगायतका माग गरेका छन् ।
ज्यामरुङबासीको पिडा भनेको श्री ५ को बायु गुठी भएकोले यसलाई रैकरमा परिणत गर्नका लागि गाउँबासीले माग गरेका छन् । घरदैलो कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य डा रामकुमार अधिकारी, नीलकण्ठ नगरपालिकाकाका मेयरका उम्मेदवार गंगादेबि श्रेष्ठ, उपमेयर उम्मेदवार फन्द्रा तामाङ, १० नम्बर वडाअध्यक्ष उम्मेदवार राजाराम पाठक, ११ वडा अध्यक्ष उम्मेदवार उमेश विष्ट लगायतकाको सहभागिता थियो ।
घरदैलो कायृक्रमलाई सम्बोधन गर्दै डा.अधिकारीले एमालेले मात्र विकासको खाका कोर्न सक्ने भएकोले सबैले सहयोग गर्न आग्रह गरेका थिए । मेयरका उम्मेदवार श्रेष्ठले समृद्धि र विकासका लागि एमालेले जित्नु आवस्यक रहेको बताईन् ।
थुम्कीबाट सुरु भएको घरदैलो अभियान हनुमानडाँडा, भारमाले, सिम्ले लगायतका स्थानहरुमा संचालन गरिएको थियो ।
गल्छी
नेकपा एमाले गल्छी गाउँपालिकाको सबै वडामा घर दैलो कार्यक्रम संचालन भइरहेको बताईएको छ ।
नेकपा एमाले अध्यक्ष उम्मेदवार केदार खतिवडा गल्छी गाउँपालिका वडा नम्बर ४ को कार्की डाँडा, भदौरे, सिस्नेखर्क क्षेत्रमा पुगेर आफूलाई निर्वाचित गराउन आग्रह गरेका छन् । गाउँको विकासका लागि एमाले जिताउन आग्र्ह गर्दै खतिवडाले सुखी नेताली समृद्ध नेपालका लागि एमालेले मात्र सम्भव तुल्याउन सक्ने बताए ।
गल्छी गाउँपालिका वडा नम्ब ३ को मुलाबारीमा गाउँपालिका उपाध्यक्ष उम्मेदवार राधा तिमल्सीनाले मतदाताहरु समक्ष मत माग्दै निर्वाचित हुँदा आफूले विकासको खाका कोरेको र योजनाहरु सम्पन्न गर्नका लागि एमालेलाई जिताउन आग्रह गरेकि थिईन् । गल्छी गाउँपालिका वडा नम्बर ७ को बन्द्रेमा घरदैलो संचालन गर्दा गाउँबासीले एमाले उम्मेदवारहरुलाई स्वागत गरेका थिए । गल्छी गाउँपालिका वडा नम्बर ६ को बाहुनपाङ, बाँझागाँउ, तोरी खर्क, राहुडाडँडा, सिम्लेमा मतदाता भेटघाट कार्यक्रम आयोजना गरेको छ । वडा अध्यक्ष उम्मेदवार राजकुमार रिमाल, नेकपा एमाले वडा कमिटि अध्यक्ष नवराज रिमाल, गाउँपालिका कमिटि उपाध्यक्ष अर्जुन श्रेष्ठ समेतको सहभागितामा भएको मतदाता भेटघाटमा गाउँबासीले उम्मेदवारहरुलाई स्वागत गर्दै विकासका लागि लाग्न आग्रह गरेका थिए ।
गजुरी
गजुरी गाउँपालिका वडा नम्बर ३ हटिया, ठाडोखोला, च्याङ्लीमा घरदैलो कार्यक्रम संचालन गरिएको गजुरीबाट भुवन भण्डारीले बताए । गजुरी गाउँपालिका वडा नम्बर ४ मा भने सम्पर्क कार्यालय स्थापना गरि चुनावी कार्यक्रममा सहभागि भएको नेकपा एमाले गजुरीले जनाएको छ ।
सिद्धलेक
सिद्धलेक गाउँपालिका वडा नम्बर ७ को आदमटारमा नेकपा एमालेले मतदातासंग भेटघाट कार्यक्रम आयोजना गरेको छ । घरघरमा पुगेर गाउँपालिका उपाध्यक्ष उम्मेदवार कमला शर्मा, वडा अध्यक्ष उम्मेदवार लक्ष्मण खतिवडा लगायतको सहभागितामा मतदाता भेटघाट भएको छ ।
यसैगरि सिद्धलेक गाउँपालिकाको ६ आमडाडामा चुनावी सभाको आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष उम्मेदवार प्रेमनाथ सिलवालले सभालाई सम्बोधन गर्दै आफू अध्यक्ष हुँदा थालेका विकासका गौरवका योजना पुरा गर्न एमालेलाई जिताउन मतदाताहरुलाई आग्रह गरेका थिए
