नीलकण्ठ १० को अध्यक्षमा कस्ले बाजी मार्ला

Avatar photo
Dhadingpost
बैशाख १८, २०७९

धादिङ । धादिङ नीलकण्ठ नगरपालिका १० को अध्यक्षका लागि अहिले ३ जना उम्मेदवारहरु प्रतिपर्धामा रहेका छन् । जसमा माओवादी केन्द्रबाट कुमार थापामगर, कांग्रेसबाट सरोज पाण्डे र एमालेबाट राजाराम पाठक छन् ।

०७४ को स्थानीय तहको निवाचनमा यस वडा नम्बर १० को अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो जसमा एमालेका विजयराज इटनीले ५१० मत ल्याई विजयी भए उनको प्रतिस्पर्धीहरु कांग्रेसका विमल पाठकले ४५७, माओवादी केन्द्रका गणेश थापाले ३९९, टंकबहादुर इटनी राप्रपा ६, राधिका न्यौपाने ढकाल नयाँ शक्तिले ३६ मत ल्याएका थिए ।

अहिलेको चुनावमा पुरानाहरु सबै रिङआउट भएका छन् भने एमाले विभाजित पछि गठन भएको एकीकृत समाजवादीले माओवादी केन्द्रका उम्मेदवार कुमार थापालाई सहयोग गर्ने भए सँगै सबै भन्दा बलियो उम्मेदवार कुमार थापा रहेको एकीकृत समाजवादीका युवा नेता शंकर जङ्ग इटनी बताउँछन् ।

कुमार थापा सामाजिक काममा देखिने भद्र स्वभावका व्यक्ति हुन् । जनयुद्धकाल देखिनै माओवादी जोडिएर काम गरेका उनको योगदानलाई कदर गर्दै माओवादीले उम्मेदवारी दिएको माओवादी स्रोत बताउँछ ।

०७४ कांग्रेसका विमल पाठकले झिनो मतले एमाले उम्मेदवार सँग हारेका थिए । यो पटक बदला लिन चाहन्छन् कांग्रेसबाट उम्मेदवार बनेका सरोज पाण्डे । नीलकण्ठ क्याम्पसका स्ववियू स्भापति हुँदै कांग्रेसको राजनीतिमा प्रवेश गरेका पाण्डे नीलकण्ठ नगरपालिकामा कांग्रेसले उठाएका उम्मेदवार मध्य सबै भन्दा धेरै शैक्षिक योग्यता रहेको छ भने उमेरका हिसावले कान्छा उमेरका उम्मेदवार समेत हुन् ।

एमालेका उम्मेदवार बनेका राजाराम पाठक ०७४ को जितलाई यो पटक पनि सुरक्षित राख्ने दाउमा छन् । गठबन्धन हुँदा एमालेलाई अफ्ठ्यारो पर्न सक्ने यस वडा एकल एकल चुनावी महौलमा देखिएपछि एमाललाई केहि राहात मिलेको देखिन्छ ।

जनता समाजवादी पार्टीबाट नीलकण्ठ १० मा गणेश तिमल्सिना पनि वडा अध्यक्षमा उम्मेदवार बनेको र उनले जित्नेमा आफू ढुक्क रहेको जिल्ला अध्यक्ष राम ढकाल बताउँछन् ।