
धादिङ । धादिङमा १३ वटै पालिकामा सहमति गरेर जाने सहमति गरेका सत्ता गठबन्धनका दलहरु आफैले कतिपय पालिकामा सहमति तोडेको देखिएको छ भने बागी उम्मेदवारको भीड पनि त्यतिकै छ । यहि समस्या समाधानका लागि बैठक सुरुभएको दलहरुले जनाएका छन् ।
स्वतन्त्रबाट उठेका बागी उम्मेदवारहरुको उम्मदवारी फिर्ता, साझा उम्मेदवार उठाउने सहमति भएका पालिकाहरु देखिएको समस्याहरुको विषयमा आज एक निर्णय गरिने बैठकमा सहभागी एक नेताले धादिङपोष्टलाई बताए ।
बैशाख ११ गते गरिएको सहमति दृढतकासाथ कार्यान्वयन गरिन्छ । वागी उम्मेदवारहरुलाई भोली उम्मेदवारी फिर्ता लिन भनेका छौं नमान कार्वाही हुन्छ । चुनाव जित्नकै लागि गठबन्धन गरिएको हो । पार्टीको निर्णय सबै पार्टी कार्यकर्ताले मान्नुको विकल्प नहरकेको ति नेताले बताए ।

