रुबीभ्यालीमा रशामायाँ कामी निर्विरोध, नेताहरुद्वारा बधाई

Avatar photo
Dhadingpost
बैशाख १५, २०७९

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर १ मा निर्विरोध हुने रशामायाँ कामीलाई सत्ता गठबन्धनका नेताहरुले बधाई दिएका छन् ।

सत्ता गठबन्धनका दलहरुले वडा सम्म नै चुनावी तालमेल गरी रुबीभ्यालीमा राप्रपा र एमाले सँग प्रतिपर्धा गर्दै छन् । निर्विरोध हुने रशामायाँ कामी सत्ता गठकन्धनकै साझा उम्मेदवार हुन् ।

एकीकृत समाजवादी धादिङका नेता प्रज्वल तामाङका अनुसार निर्विरोध हुने रशामायाँ कामीलाई रुबीभ्यालीका गठबन्धनका नेताहरु र उम्मेदवारहरुले एक बधाई दिएका हुन् ।

गठबन्धनले रुबीभ्यालीमा माओवादी केन्द्रका रामसिङ् तामाङलाई अध्यक्षमा र उपाध्यक्षमा कांग्रेसका फे लामा तामाङलाई उपाध्यक्षमा उठाएको छ भने राप्रपाले अध्यक्षमा गोम्बो घलेलाई र उपाध्यक्षमा धनकुमारी तामाङलाई उठाएको छ ।

धादिङमा निर्वरोध हुनेको संख्या ३ पुगेको छ । तीन जनानै वडा सदस्यमा निर्विरोध भएका हुन् निर्विरोध हुने अन्य दुईमा खनियाबास गाउँपालिका वडा नम्बर ४ को दलित महिला सदस्यमा नेपाली कांग्रेसबाट बिमला नेपालीर गंगाजमुना गाउँपालिका वडा नंम्बर ४ को वडा सदस्यमा एमालेबाट रत्नमायाँ घले निर्विविरोध भएकी हुन् ।

कसैले कुनै पदमा एक्लैले उम्मेदवारी दिएको भएपनि कानुनको कसीमा परीक्षण हुने चरणहरू बाँकी नै रहने भएकाले तत्काल निर्विरोध निर्वाचित भएको भन्न नमिल्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 

यद्यपी निर्वाचन आयोगले भने कसैले कुनै पदमा एक्लैले उम्मेदवारी दिएको भएपनि कानुनको कसीमा परीक्षण हुने चरणहरू बाँकी नै रहने भएकाले तत्काल निर्विरोध निर्वाचित भएको भन्न नमिल्ने जनाएको छ ।