धादिङमा बिमला नेपाली र रत्नमायाँ घले निर्विरोध निर्वाचित

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १३, २०७९

धादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ को दलित महिला सदस्यमा नेपाली कांग्रेसबाट बिमला नेपाली निर्विरोध निर्वाचित भएकी छिन् ।

यस्तै धादिङको नेकपा एमालेबाट गंगाजमुना गाउँपालिका वडा नंम्बर ४ को वडा सदस्यको उम्मेदवार रत्नमायाँ घले निर्विविरोध भएकी छिन् ।

निर्विरोध निर्वाचित हुने दुबै जनाको नाम भने निर्वाचन कार्यालयले घोषणा भने गरेको छैन ।

धादिङमा एमाले र गठबन्धनका दलबाट क कस्को उम्मेदवारी पर्यो ?
एमालेले धुनिवेसी नगरपालिकामा रामराजा पाण्डे र मन्दिरा श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको मेयरमा गंगादेवी श्रेष्ठ र उपमेयरमा फन्द्रा तामाङलाई उम्मेदवार बनाएका छन् ।

थाक्रेमा रामकुमार आचार्य र अम्बिका रुपाखेती, गल्छीमा केदार खतिवडा र राधा तिमल्सिना, गजुरीमा राजेन्द्र विक्रम बस्नेत र अम्बिका खतिवडा, वेनिघाट रोराङमा देवप्रसाद त्रिपाठी र हिरादेवी रेग्मी, सिद्दलेकमा प्रेमनाथ सिलवाल र कमला शर्मालाई उम्मेदवार बनाएका छन् ।

त्यस्तै ज्वालामुखीमा हरिराम लोहरी र चन्द्र कुमारी अधिकारी, त्रिपुरासुन्दरीमा उमेश थापा र संगिता कुमाल, नेत्रावती डबजोङमा सुवर्ण रिमाल र विना कुमारी मम्बा, गंगाजमुनामा भक्त बहादुर लामिछाने र एञ्जिला तामाङ, खनियाबासमा इमान तामाङ र खुर्पीकुमारी तामाङ, रुविभ्यालीमा प्रेम तामाङ र मञ्जु तामाङलाई उम्मेदवार बनाएका छन् ।

त्यसैगरी गठबन्धन अन्र्तगत कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख, माओवादी केन्द्रले ३ प्रमुख र ५ उपप्रमुख, समाजवादीले २ प्रमुख र ४ उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसले प्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा भीम प्रसाद ढुंगाना, खनियाबास गाउँपालिकामा रण बहादुर तामाङलाई उम्मेदवार बनाएका छन् ।

ढुंगाना र तामाङ पहिलो निर्वाचनबाट पनि विजयी उम्मेदवार हुन् । यस्तै गंगाजमुनामा भक्त बहादुर लामा, नेत्रावती डबजोङमा मेघनाथ रिजाल, त्रिपुरासुन्दरी गाउँपालिकामा राजु उप्रेती, ज्वालामुखी गाउँपालिकामा यमनाथ दनै, सिद्दलेक गाउँपालिकामा परशुराम खतिवडा, थाक्रे गाउँपालिकामा राम प्रसाद विडारीलाई कांग्रेसले उम्मेदवार बनाएका छन् ।

गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रले प्रमुख पद पाएको रुविभ्यालीमा रामसिंह तामाङ, वेनिघाट रोराङमा कृष्ण बहादुर थपलिया र गजुरीमा गणेशलाल श्रेष्ठ र नेत्रावती डवजोङमा उर्मिला तामाङले मनोनयन दर्ता गरेका छन् ।

भागबण्डामा माओवादीले उपप्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा दिपक विश्वकर्मा, त्रिपुरासुन्दरीमा देवराज धरेल, खनियाबासमा सेतेमान तामाङ र थाक्रेमा यन्त्र बहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।

गठबन्धनकै तर्फबाट समाजवादीले धुनिबेसी नगरपालिकाको मेयरमा अध्यक्ष बालकृष्ण आचार्य, गल्छी गाउँपालिकाको अध्यक्षमा कृष्णहरि श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । आचार्य र श्रेष्ठ दुबै २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए ।

समाजवादीले गठबन्धनमा उपाध्यक्ष भागमा परेको ज्वालामुखी गाउँपालिकामा धर्म बहादुर अर्याल, बेनिघाट रोराङ गाउँपालिकामा टाप बहादुर श्रेष्ठ, सिद्दलेक गाउँपालिकामा सविता अर्याल र गंगाजमुना गाउँपालिकामा नारायण कार्कीलाई उम्मेदवार बनाएको छ ।