धादिङमा जरोकिलो पार्टी प्रवेस, विपिन अधिकारीले उम्मेदवारी दिने

Avatar photo
Dhadingpost
बैशाख ६, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ को अध्यक्षका लागि मौलिक जरोकिलो पार्टीबाट विपिन अधिकारीले उम्मेदवारी दिने भएका छन् ।

राष्ट्रोदयको महान अभियान, कम्प्यूटर चिन्हमा मतदान भन्दै विपिनले प्रचार-प्रसार थालेका छन् । पुराना पार्टीहरुको विचार र व्यवहार देखि वाक्क त्रिपुरासुन्दरी ७ का जनताहरुले स्वविवेक आफ्नो चुनाव चिन्ह कम्प्युटरमा मतदान गर्नेमा ढुक्क रहेको उनी बताउँछन् ।

मौलिक जरोकिलो पार्टी
नेपालमै जरोकिलो भएका मौलिक दर्शन, सिद्धान्त, वाद, मत, प्रतिमान, प्रणाली आदिको अनुसन्धान, अवलम्बन, विकास एवं प्रवर्धन गरी नेपाललाई वास्तवमै सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, स्वाधीन साथसाथै संसारकै अग्रणी राष्ट्र बनाउनका लागि जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति आवश्यक परेको हुनाले यो पाटी बनेको हो ।

नेपालको नेतृत्व सम्हाल्न यो देशका लागि सुयोग्य नेतृत्व विकास गराई देशको सर्वाङ्गीण उन्नति प्रगतिका लागि सर्वश्रेष्ठ नेतृत्व सुनिश्चित गर्न र अयोग्य एवं अक्षम ठहरिइसकेका कपूतन्त्रका घटकहरुको विस्थापन गर्न एउटा नयाँ राजनैतिक पार्टी आवश्यक परेको हुनाले मौलिक जरोकिलो पार्टीको उदय भयो ।

नेपालमा विकास, न्याय, स्वाधीनता, समृद्धि, सुख, शान्ति, सहृदयता प्रत्याभूति गर्नको निमित्त विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक एवं सहृदयताको सम्बन्ध (आधारशिला चतुष्टय) लाई अवलम्बन गर्ने राजनैतिक शक्ति आवश्यक परेको हुनाले मौलिक जरोकिलो पार्टीको उदय भयो ।

आर्थिक समृद्धि एवं स्वाधीनताको लागि उद्यमशीलतालाई व्यावहारिक रुपमा लागू गर्न एवं अनुसन्धानलाई प्राथमिक रुपमा अवलम्बन गरी उद्यमशीलता मार्फत् व्यक्ति, समाज र देशको विकास गर्न वैज्ञानिक धाराको राजनैतिक पार्टी आवश्यक परेको हुनाले मौलिक जरोकिलो पार्टीको उदय भयो ।

नेपाललाई राज्यराष्ट्रका रुपमा सुसञ्चालन गर्ने राजनीतिक नेतृत्व विकास गर्न एवं सो नेतृत्वलाई जनअनुमोदनद्वारा राज्यसत्ताको निर्णायक हैसियतमा स्थापित गराउने सिद्धान्तनिष्ठ मौलिक रैथाने शक्ति आवश्यक परेको हुनाले मौलिक जरोकिलो पार्टीको उदय भयो ।
सहृदयता दर्शनलाई राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक सहितका क्षेत्रहरुमा सैद्धान्तिक साथसाथै व्यावहारिक प्रायोगिक रुपमा लागू गर्न एक मौलिक राजनैतिक पार्टी आवश्यक परेको हुनाले मौलिक जरोकिलो पार्टीको उदय भयो ।

युगद्रष्टा निर्मलमणि अधिकारीको अनुसन्धान, अनुष्ठान एवं साधनाको फलस्वरुप अभिनिर्मित सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद एवं आधारशिला चतुष्टयलाई मार्गनिर्देशक मान्दै जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिको उत्तराधिकारीको रुपमा मौलिक जरोकिलो पार्टीको ०७६ माघ १६ मा स्थापना भएको होगरिएको हो ।

x