धादिङमा राप्रपा रफ्तार, ज्यामरुङका कांग्रेसका नेताहरु प्रवेस

Avatar photo
Dhadingpost
बैशाख ५, २०७९

धादिङ । धादिङमा राप्रपा धादिङले चुनावी चहल पहललाई तिब्रता दिएको छ । विगतका वर्षहरुमा देखिने भन्दा नयाँ युवाहरु समेत नेतृत्व गर्दै चुनावी प्रचारमा देखिएका छन् ।

चुनावी प्रचारको क्रममा आईतबार ज्यामरुङ पुगेका राप्रपाका केन्द्रिय उपाध्यक्ष बुद्धिमान तामाङले कांग्रेस नीलकण्ठ १३ का उपसभापति गणेश थापाको नेतृत्वमा ३४ जना कांग्रेस कार्यकर्ताहरुलाई राप्रपा प्रवेस गराएका थिए ।

सत्ता गठबन्धनका दलहरु तालमेल र उम्मेदवार छान्न सकसमा छन् भने राप्रपा धादिङ आफ्नै एकल रफ्तारमा अगाडी बढी रहेको छ । यस पटक जिल्लाका सबै वडाहरुमा राप्रपाले उम्मेदवारी दिने नेता ध्रुव विक्रम मल्लले धादिङपोष्टलाई बताए ।

रुबीभ्याली मात्रै राप्रपाको हो भन्नेहरुलाई यस पटकको चुनावले राम्रै धक्का दिने तयारीमा छौं, विचार र व्यवहार फरक भएका ठुला भनिएका दलहरु विचार र व्यवहारमा प्रतिवद्ध राप्रपामा आकर्षित भएकोले धादिङ राप्रपाले ठुलो सफलता हाँसिल गर्ने मल्लले धादिङपोष्टलाई बताए ।

त्रिपुरासुन्दरी गाउँपालिकाको खहरेमा भएको चुनाब प्रचाररप्रसार कार्यक्रममा उपाध्यक्ष एबंम पूर्व गृहमन्त्री बुद्धिमान तामाङ,
पूर्व पर्यटन राज्यमन्त्री पर्शुराम तामाङ, युवा नेता तथा अन्तर्राष्ट्रिय रेफ्री धुर्ब बिक्रम मल्ल, जिल्ला अध्यक्ष धुर्ब खनाल लगाएतका नेताहरु सहभागि थिए ।