नीलकण्ठ १४ को वडा अध्यक्षमा ४ दलका दावेदार

Avatar photo
Dhadingpost
चैत्र २८, २०७८

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा माओवादी केन्द्रले मात्रै उम्मेदवार टुङ्गो लगाएको छ भने अन्य दलले एक भन्दा बढीले आकांक्षा देखाएपछि नाम छनोटको लागि माथिल्लो कमिटीको आदेश कुर्नु पर्ने भएको छ ।

माओवादी केन्द्रको वडा बैठकले सत्ता गठबन्धनको तर्फबाट माओवादीले वडा अध्यक्ष पाउँदा नमराज दुवाडीलाई उठाउने सर्वसहमत निर्णय गरेको छ भने एमालेको वडा बैठकमा १२ जनाले अध्यक्षको दावी गरेका छन् । यस्तै कांग्रेसको वडा बैठकमा ५ जना र नेकपा एकीकृत समाजवादीको ६ जनाले वडा अध्यक्ष पदमा दावी गरेका छन् ।

४ पार्टीबाट वडा अध्यक्षका दावेदार उम्मेदवारहरु
१. माओवादी केन्द्रबाट:
नमराज दुवाडी
२. नेपाली कांग्रेसबाट: सन्तोष बस्ताकोटी, शिव कुमार श्रेष्ठ, श्याम बहादुर तामाङ, खडग बहादुर तामाङ, कुमार सुनार
३. नेकपा एमालेबाट: सिताराम मगर, भिनाष तामाङ , भुवन बहादुर सापकोटा, फोन्द्रा तामाङ ९रोशन०, नेत्र नेपाल, बासु श्रेष्ठ, सुरेश तामाङ, रामकुमार सुनार, सुमित्रा गुरुङ, बोध प्रसाद नेपाल, बोधकुमारी अधिकारी, शम्सोर तामाङ
४. नेकपा एकीकृत समाजवादीबाट: अब्जनाथ सापकोटा , राजु गुरुङ, टिकाराम नेपाली, प्रदिप शाह, ईन्द्र प्रसाद घिमिरे र हरिशरण राना मगर

धादिङ सत्ता गठबन्धन भयो भने नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साझा उम्मेदवार हुने छ भने एमाले गठबन्धन विरुद्ध एक्लै मैदानमा उत्रने तयारीमा छ । एमालेले आफुलाई टिकट दिए गठबन्धनबाट जो उठेपनि चुनाव जित्छु । आफू सँग जितका आधारहरु भएको सुरेश तामाङ बताउँछन् । यस अघि एमालेले जितेको यस वडा एमाले विरुद्ध गठबन्द्धन बनेपछि एमालेलाई विगतको शाख जोगाउन भने कठिन देखिन्छ ।

नीलकण्ठ १४ को ०७४ सालको निर्वाचन परिणम यस्तो थियो
अध्यक्षमा ६ जनाको उम्मेदवारी
एमाले फन्द्रा तामाङ ८३६ मत साथ विजयी
कांग्रेसका सन्तोष बस्ताकोटी २६३ प्राप्त
माओवादी केन्द्रका नमराज दुवाडी ६७८ मत प्राप्त
राप्रपा जीबहादुर गुरुङ ९ मत प्राप्त
नयाँ शक्ति भोजबहादुर गुरुङ २९ मत प्राप्त