
धादिङ । विगत ११ वर्ष देखि प्रत्येक वर्ष आकर्षक पुरस्कार राशी सहित पुरुष फुटबल प्रतियोगिता गर्दै आईरहेको नेत्रावती डवजोङ गाउँपालिका सेमजोङ स्थित छार वाका राहा युवा क्लवका अध्यक्ष पदम बहादुर तामाङलाई मातृशोक परेको छ ।
यस वर्ष पनि चैत्र २२ गते देखि १२ औं वाका कप जारी छ । यस प्रतियोगितामा जुटि रहेका अध्यक्ष पदमबहादुरको माताको शनिबार ६५ वर्षको उमेरमा असामहिक निधन भएको छ । यस दुखद घढीमा क्लव परिवारे सूचना जारी गर्दै दुख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो । समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना पर्छ यहि ठाउँको प्रचार प्रसार र प्रवद्र्धनको लागि क्लवले योगदान गर्दै आएको छ ।
