माओवादीले नीलकण्ठ १२ बाट नवराज मजाकोटीलाई वडा अध्यक्षमा उठाउने

Avatar photo
Dhadingpost
चैत्र २७, २०७८

धादिङ । आशन्न बैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नीलकण्ठ १२ को वडा अध्यक्षमा नवराज मजाकोटीलाई उठाउने निर्णय गरेको छ ।

शनिबार बसेको वडा संगठन समितिको बैठकले नवराज मजाकोटीलाई सर्वसम्मत अध्यक्षमा उठाउने निर्णय गरेको हो । यस्तै सदस्यहरुमा प्रदिप भट्ट, कृष्ण कुमार श्रेष्ठ, महिला सदस्यमा हरिमाया लामिछाने र दलित महिला सदस्यमा निषा विकलाई उठाउने निर्णय गरेको छ ।

यस अघि ०७४ सालको स्थानीय तहको चुनावमा यस वडाबाट ६ जनाको उम्मेदवारी परेको थियो जसमा मध्य एमालेका बाबुराम लम्साल ६१८ मत ल्याई विजयी भएका थिए । उनको प्रतिस्पर्धीहरु कांग्रेसका गोकर्ण प्रसाद सापकोटा ५५४, माओवादी केन्द्रका महेन्द्र धमला ३६, जितबहादुर दमै राप्रपा ११, रामहरि अधिकारी स्वतन्त्रले १४८ मत ल्याएका थिए ।