एमालेबाट नीलकण्ठ १४ को वडा अध्यक्षको उम्मेदवारमा १२ जनाको दावी

Avatar photo
Dhadingpost
चैत्र २५, २०७८

धादिङ । नेकपा एमाले नीलकण्ठ १४ को वडा बैठकमा १२ जनाले वडा अध्यक्षको लागी दावी गरेका छन् । दावी गरेका सबै जनाको नाम नगरसमितिमा सिफारिस भएको बताईएको छ ।

वडा अध्यक्षको उम्मेदवार दावी गर्नेमा सिताराम मगर, भिनाष तामाङ (नकुल), भुवन बहादुर सापकोटा, फोन्द्रा तामाङ (रोशन), नेत्र नेपाल, बासु श्रेष्ठ, सुरेश तामाङ, रामकुमार सुनार, सुमित्रा गुरुङ, बोध प्रसाद नेपाल, बोधकुमारी अधिकारी, शम्सोर तामाङ रहेका छन् ।

यस्तै वडा सदस्यका लागि राजु प्रसाद दुवाडी, ध्रुव प्रसाद रिजाल, धर्मराज दुवाडी, योग प्रसाद लामिछाने र यम बहादुर श्रेष्ठको समेत दावी रहेकोले छनोटको लागि पालिकामा पठाईएको वडा कमिटीले जनाएकोछ ।