माओवादी केन्द्र नीलकण्ठ ११लाई सकस, अध्यक्षमा १३ जनाको दावी

Avatar photo
Dhadingpost
चैत्र २५, २०७८

धादिङ । नेकपा माओवादी नीलकण्ठ नगरपालिका वडा नं. ११ लाई वडा अध्यक्षको आकांक्षी धेरै हुँदा सकस पैदा भएको बताईएको छ ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रले जितेको यस वडामा यो पटक माओवादीका १३ जनाले वडा अध्यक्षको दावी गरेका छन् । बिहिबार सम्पन्न माओवादी केन्द्र नीलकण्ठ ११ को वडा बैठकमा १३ जनाले आफु वडा अध्यक्षमा उम्मेदवारी दिने दावी गरेका हुन् ।

यी हुन् माओवादी केन्द्रबाट नीलकण्ठ ११ मा वडा अध्यक्षको दावी गर्ने १३ जना
नवराज लम्साल, इश्वरी लम्साल, हरि लम्साल, शिवकुमार श्रेष्ठ, कमला श्रेष्ठ, रामचन्द्र धमला, बासुदेव धमला, ओम प्रसाद धमला, शान्ता रोक्का, राजन लम्साल, चद्र लम्साल, तिलक थापामगर, कृष्ण कुमारी ।

आशन्न निर्वाचनमा सत्ता गठबन्धनका दलहरुले चुनावी तालमेल गर्ने भएसँगै धादिङमा पनि सत्ता गठबन्धनको कार्यदलको वैठक आज बस्दैछ । कार्यदलले तालमेलको मापदण्ड बारे छलफल हुने बताईएको छ ।

केन्द्रमा भने सत्ता गठबन्धनका दलहरुले जितेका ठाउँहरुमा आ आफ्नो उम्मेदवार उठाउने एमालेले जितेको ठाउँमा बाडेर लिने सहमति गरेको बताईन्छ । तथापी धादिङमा भने कुन कुन स्थानीय तह र वडा कुन दलले लिने भन्ने बारे छुङ्ग्याई सकेका छैनन् ।