
धादिङ । प्रहरीले लागु औषध गाँजा सहित ५ जना धादिङका ५ जना होटल संचालकहरुलाई पक्राउ गरेको छ ।
पृथ्वी राजमार्ग छेउछाउमा रहेका चिया नास्त पसल तथा होटलहरुमा लागु औषध गाजा विक्रि वितरण भईरहेको जानकारी आएपछि अनुगमनका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गजुरी गाउपालिका वडा नं २ विहानी पम्प स्थित पृथ्वी राजमार्गमा पर्ने जयराम स्टाप होटलका संचालक सानी अधिकारी, गजुरी गाउपालिका वडा नं २ फुर्केखोलामा रहेको आयुष होटलका संचालक राज कुमार भन्ने होतराज सेढाई, सोही स्थामा रहेको हिरा होटल एण्ड लजका संचालक हिरामाया लम्साल, ठकुरी होटलका संचालक बेद कुमार शाही र बेनिघाट रोराङ गाउपालिका वडा नं ३ करम खोला स्थित चिया नास्ता होटलका संचालक खिलनाथ त्रिपाठी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुबाट २५ किलो गाँजा समेत बरामद भएको बताईएको छ ।
