
धादिङ । धादिङ जिल्ला अस्पतालका मेडिकल मेडिकल सुपरटेन्डेट डा. त्रिभूवनचन्द्र झा सिन्धुपाल्चोक सरुवा भएर गए सँगै निमित्त प्रमुखको जिम्मेवारी प्रदेश सरकारले सिनियरलाई पन्छाएर जुनियर दिएको पाईएको छ ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतम धादिङ जिल्ला अस्पताल सरुवा भएपनि नआएका कारण प्रदेशले निमित्त सिनीयरलाई पन्छाएर जुनियरलाई निमित्त दिएको पाईएको हो ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्री कांग्रेसको भएको फाईदा उठाउँदै कांग्रेस निकट धादिङ अस्पतालका डा. मधुकर दाहालले निमित्त प्रमुखको नियुक्ती ल्याएका हुन् । प्रदेश स्वास्थ्य मन्त्रालयले दाहाललाई नियुक्त गर्दै अर्को आदेश वा व्यवस्था नभए सम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकार सहित निमिक्त मेसुमो जिम्मेवारी दिईएको जनाएको छ ।
डा. मधुकर सिनियर हेल्थ असिस्टेन्ट अधिकृत, सातौ तहका कर्मचारी हुन् । शैक्षिक योग्यताको हिसाबले मेडिकल अधिकृत पढेका उनी सातौं तहमा बढुवा भएको डेढ वर्ष मात्रै भएको छ । उनी बागमती प्रदेश मातहतको भन्दा संघीय सरकारको मातहतका कर्मचारी हुन् । यसअघि त्रिशुली अस्पताल, नुवाकोटमा कार्यरत उनी काजमा धादिङ अस्पताल आएका हुन् ।
मधुकर दाहाल भन्दा अगाडी ३ जना स्वास्थ्यकर्मीहरु सिनियर छन् तर प्रदेशको स्वास्थ्य मन्त्री कांग्रेसको भएकाले र मधुकर पनि कांग्रस निकट भएकोले धादिङ अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी मधुकर पाएको स्रोतले बतायो ।
यी हुन् तहगत रुपमा डा. मधुकर भन्दा अगाडी रहेका तीन स्वास्थ्यकर्मी
१. डा. नबिन गोसाई, डेन्टल सर्जन, आठौं तह एम.डी. सकिसकेका विशेषज्ञ चिकित्सक पनि हुन साथै आठौं तहमा नियुक्त भएको पनि करिब ७ बर्ष भैईसकेको ।
२. मन कुमारी श्रेष्ठ, वरिष्ठ नर्सिङ अधिकृत, आठौं तह
३. पुष्पा अधिकारी, फिजियोथेरापिस्ट, सातौ तह (आठौं तहका लागि निवेदन दिएकी छिन्) ।
प्रदेश सरकारले विधि बाहिर गएर केहि महिना अगाडी अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरुलाई हटाएपछि धादिङका महेन्द्र धमला अदालत पुगेर न्याय मागेका थिए र अदालतले धमलालाई जिल्ला अस्पतालको अध्यक्षमा कायम गरि दिएको थियो । अहिले पनि फेरि प्रदेश स्वास्थ्य मन्त्रालयले मेडिकल सुपरटेन्डेट पठाउनु भन्दा निमित्त पठाउने तयारी गर्नु, त्यसमा पनि सिनियर भन्दा जुनियलाई जिम्मेवारी दिने तयारी गर्दा जिल्ला अस्पतालको सेवामा प्रभावित हुन सक्ने देखिएको छ ।

