आदमघाटबाट गाँजा सहित एक महिला पक्राउ

Avatar photo
Dhadingpost
चैत्र २१, २०७८

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं. ६ आदमघाटबाट १० किलो लागुऔषध गाँजा सहित प्रहरीले एक जना महिला पक्राउ गरेको छ ।

गजुरी गाउँपालिका वडा नं। ८ पुरानो गाउँ बस्ने ४९ वर्षिय राममाया तामाङलाई आदमघाटबाट गाँजा सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको हो ।

राममाया साथबाट लागु औषध गाजा १० किलो ४०० ग्राम, नगद विस हजार र साधारण मोबाटईल सेट १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।