माओवादी केन्द्र धादिङका नेता एवम् गाउँपालिका प्रमुख हरि डल्लाकोटी एमालेमा प्रवेस

Avatar photo
Dhadingpost
चैत्र २१, २०७८

धादिङ । माओवादी केन्द्र धादिङका नेता एवम् बेनीघाट रोराङ गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) एमालेमा प्रवेस गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीबाट बेनीघाट रोराङको प्रमुखमा निर्वाचित डल्लाकोटीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमालेमा प्रवेश गराएका हुन् ।

धादिङको १३ स्थानीय तह मध्ये माओवादी केन्द्रले जितेको एकमात्र पालिका प्रमुख डल्लाकोटी यो चुनावको मुखमा एमालेमा प्रवेस गरे सँगै माओवादी केन्द्र धादिङलाई झड्का लागेको छ ।