धादिङका कमल सापकोटा माओवादी केन्द्र, विशेष प्रदेशको सचिवमा मनोनित

Avatar photo
Dhadingpost
चैत्र ११, २०७८

धादिङ । धादिङ जिल्लाबाट काठमाडौंमा पर्यटन व्यवसाय गर्दै समाज सेवामा समेत सक्रिय कमल सापकोटा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश कमिटीको सचिवमा मनोनित भएका छन् ।

मंसिरको अन्तिम साता भएको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम भेलाबाट धादिङका प्रदेश सांसद जगत सिंखडा अध्यक्षमा चयन भएका थिए भने सहसचिवमा कमल सापकोटा र कोषाध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका थिए । सहसचिव सापकोटालाई बिहिबार सम्पन्न कार्य समितिको बैठकले सचिवमा मनोनयन गरेको हो ।

सापकोटाको मुख्य पेशा पर्यटन रहेपनि राजनीति र टुकी नेपाल मार्फत समाजिक सेवामा समेत समर्पित छन् । सापकोटा आशन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र निकलण्ठको मेयरको संभावित उम्मेदवार समेत हुन् ।