
धादिङ । गैर आवासीय नेपाली संघ (एनआरएन) जापान कांसाइ क्षेत्रिय समितिको सहयोगमा धादिङका २०० जना चेपाङ विद्यार्थीहरुलाई पोशाक सहित स्टेशनरी सामान प्रदान गरिएको छ ।
बेनिघाट रोरांग गाउपालिकाको सिद्धकालि आधारभुत विद्यालय र बोमराङ आधारभुत विद्यालयमा अध्ययनरत २०० जना विद्यार्थीहरुलार्इ (एनआरएन) जापान कांसाइ क्षेत्रिय समितिको सहयोगमा लत्ता कपडा, जुत्ता साथै शैक्षिक सामग्री प्रदान गरिएको आवाशबाबु डल्लाकोटीले बताए ।
बिकाश अधिकारीको समन्वयमा जापान कांसाइ क्षेत्रिय समितिले पठाएको उक्त सामाग्री गाउँपालिकाका अध्यक्ष पित्त ब डल्लाकोटी (हरि) उविद्यालयमै पुगेर हस्तान्तरण गरेका थिए ।
