धादिङका तिलक रुवाली कांग्रेस बागमती प्रदेशको प्रवक्तामा चयन

Avatar photo
Dhadingpost
चैत्र ८, २०७८

धादिङ । नेपाली कांग्रेस धादिङका नेता तिलक रुवाली नेपाली कांग्रेस बागमती प्रदेशको प्रवक्तामा मनोनित भएका छन् । रुवालीलाई पार्टी सभापति ईन्द्रबहादुर बानियाँले प्रवक्ताको जिम्मेवारी तोकेका हुन् ।

नेता रुवाली पार्टीको १४औं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको निर्वाचनमा महामन्त्रीमा पराजित भएका थिए । उनी प्रवक्तामा चयन भए सँगै जिम्मेवारी वहन गर्ने क्रममा नेपाली कांग्रेसको विधान, परम्परा र मान्यतालाई शिरोधार्य गरि कार्य सम्पादन प्रतिवद्धता गरेका छन् ।

यसैबीच नेता रुवालीले आफूलाई प्रदेशको सदस्यसंगै प्रवक्ताको जिम्मेवारी प्रदान गरेकोमा सभापति बानिया र कार्यसमिति प्रति आभार प्रकट गरेका छन् ।

x