
धादिङ । धादिङ उद्योग वाणिज्य संघको यहि चैत्र १० देखि १२ गते सम्म १० औं अधिवेशन हुन गहिरहेको छ । नयाँ कार्यसमिति चयनका लागि हुने यस अधिवेशनमा कांग्रेस र एमाले बीच गठबन्धन गरेर जाने सहमति बनेको बताईएको छ ।
कांग्रेसले अध्यक्ष सहित ११ सदस्य र एमालेले बरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव लिने गरि यी दुई पार्टी बीच सहमति भएको बताईएको छ । कांग्रेसले अध्यक्ष पदका आकाँक्षी चिना श्रेष्ठ र विष्णु थपलिया कस्लाई बनाउने निर्णय गरि सकेको छैन भने एमालेले पनि ककस्लाई पठाउने भनेर निर्णय गरि नसकेको बताईएको छ ।
यस्तै यता माओवादी केन्द्र र माधव नेपालको एकीकृत समाजवादीको गठबन्धन बनेको छ । माओवादी केन्द्रका बोदनाथ दुवाडीलाई अध्यक्षमा उठाउने यो गठबन्धनको सहमति भए पनि अन्य पदमा कस्कस्लाई पठाउने भन्ने सहमति भै नसकेको बताईएको छ ।
